बिहीबार, भदौ ४, २०८३

भीमेश्वर मन्दिरमा आयो पसिना, होला त केही अनिष्ट?

दोलखाको प्राचीन, ऐतिहासिक मन्दिर भीमेश्वर मन्दिरमा रहेको शिलामा बिहीबार पसिना आएको छ। आज बिहान पौने सात बजेबाट मन्दिरको शिलामा पसिना आएको मन्दिरका मुख्य पुजारी काशीनारायण श्रेष्ठले बताए। उनका अनुसार पसिना बिहान ८ : २५ मा रोकिएको थियो।
 |  बिहीबार, फागुन ८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ८, २०७६

दोलखा - दोलखाको प्राचीन, ऐतिहासिक मन्दिर भीमेश्वर मन्दिरमा रहेको शिलामा बिहीबार पसिना आएको छ। आज बिहान पौने सात बजेबाट मन्दिरको शिलामा पसिना आएको मन्दिरका मुख्य पुजारी काशीनारायण श्रेष्ठले बताए। उनका अनुसार पसिना बिहान ८ : २५ मा रोकिएको थियो।

मन्दिरको शिलामा दायाँ तथा बायाँतर्फ पसिना आएको स्थानीय शान्तकृष्ण श्रेष्ठले बताए। दोलखामा पसिना आएमा अनिष्ट हुन्छ भन्ने परम्परा रहेको उनले बताए। भीमसेनलाई पसिना आएमा राष्ट्रपतिले क्षमा पूजा गर्नुपर्ने चलन छ। क्षमापूजाका लागि पसिना आएको कपास काठमाडौं राष्ट्रपति कार्यालय पठाउने लागेको उनले बताए।

मन्दिरका शिलामा पसिना देखिएकाले पूजाआजा गरिँदै गरिएको स्थानीय शिवजी प्रधानले बताए। भीमेश्वरको चट्टान (शिला) को विभिन्न भागमा पानीको थोपा निस्कँदै झर्ने क्रमलाई ‘पसिना’आएको विश्वास गरिन्छ। प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मासहितको टोली बिहान ७ बजे मन्दिरस्थल पुगेका थिए।

सकारात्मक वा नकारात्मक परिवर्तन, अनिष्टका घटनाको पूर्वसूचकको रूपमा लिइने भीमेश्वरमा पसिना आउँदा भक्तजन भेला भएर घण्टी बजाउने, धुपबत्ती गर्ने र मन्दिरका मुख्य व्यक्तिले पङ्खाले हम्कने गर्छन्। रासस

प्रकाशित: Feb 20, 2020| 14:25 बिहीबार, फागुन ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।