बिहीबार, भदौ ४, २०८३

'आरोप ठूलो कुरो होइन, दिनदिनै लाग्छ'

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोपबारे काठमाडौं फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताएका छन्।
 |  बिहीबार, फागुन ८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ८, २०७६

काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोपबारे काठमाडौं फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताएका छन्।

'ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु', कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा आज बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, 'राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन।'

जनपक्षीय काम गर्दै गएमा प्रतिक्रियावादी वर्ग आफैं परास्त हुने मन्त्री बाँस्कोटाको भनाइ थियो। 'आरोप आफ‌ैंमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ', उनले भने, 'सरकार सञ्चालन गर्दा आरोप लाग्दै जान्छ।'

प्रकाशित: Feb 20, 2020| 13:36 बिहीबार, फागुन ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।