काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरको छ।
भ्रष्टाचार प्रकरणमा मुछिएका सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त नगरेसम्म राष्ट्रियसभा बैठक चल्न नदिने घोषणा गर्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो।
बिहीबार बैठकको सुरु मै कांग्रेसका जितेन्द्रनारायण देवले सञ्चारमन्त्री बाँस्कोटाको टेप प्रकरणमा प्रधानमन्त्रीले जवाफ नदियून्जेलसम्म संसद बैठक अवरुद्ध गर्ने बताए। उनले टे प्रकरणबारे तत्काल छानबिन हुनु पर्ने पनि माग गरेका छन्।
कांग्रेसको अवरोधका कारण राष्ट्रियसभाको बैठक फागुन १५ गतेसम्मका लागि स्थगित गरिएको छ।