बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चार दशकदेखि माछा मार्दै आएका रामअवतार भन्छन्, ‘कोसीटप्पुका माछा विषले सिध्यायो’

चार दशकदेखि माछा मार्दै आएका रामअवतार भन्छन्, ‘कोसीटप्पुका माछा विषले सिध्यायो’

“गरै माछा, सुत्ली माछा, ट्याङ्ग्रा माछा... कहाँ कुन जातको माछा पाइन्छ मलाई थाहा छ। यही काम गरेर परिवार पाल्दै आएको छु,”
 |  बिहीबार, फागुन ८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ८, २०७६

इटहरी– सुनसरीका रामअवतार भारदारले कोसीटप्पु क्षेत्रमा माछा मार्न थालेको ४५ वर्ष भयो।

आरक्ष स्थापना (२०३२ साल) भन्दा एक वर्षअगाडिबाटै कोसीटप्पु क्षेत्रमा माछा मार्न सुरु गरेका भारदार अहिले ५५ वर्षका भइसके। उनले १० वर्षको उमेरदेखि माछा मार्न थालेका हुन्।

“गरै माछा, सुत्ली माछा, ट्याङ्ग्रा माछा... कहाँ कुन जातको माछा पाइन्छ मलाई थाहा छ। यही काम गरेर परिवार पाल्दै आएको छु,” ६ सन्तानका पिता भारदार भन्छन्।

खोल्सोमा जाल थापिरहेको भारदारले भने, “हाम्रो पुख्र्यौली पेसा यही हो । तर आरक्षले लाइसेन्सको नियम लगाएपछि सकस भएको छ। त्यसमाथि अहिले माछा पर्याप्त पाइँदैन।”

आरक्षले १५ वर्षदेखि आरक्ष क्षेत्रभित्र माछा मार्न अनुमतिपत्र अनिवार्य गरेको छ। “पहिले एकै दिनमा ५ किलोसम्म माछा जालमा पर्थे,” उनी भन्छन्, “हिजोआज त एक किलो पनि हुँदैन।”

कुनै बेला १० रुपैयाँ प्रतिकिलोमा बिक्री हुने माछा अहिले ४०० रुपैयाँ पुगेको छ। माछाको माग बढिरहे पनि पर्याप्त नपाउँदा भारदारलाई समस्या छ।

उनी भन्छन्, “कोसी टप्पुमा माछाको माउ छैनन्। बच्चा कहाँबाट आउनु?”

कोसी टप्पुको माछा स्वादिलो हुने भएकाले यहाँका माछाको माग धेरै भएको उनको भनाइ छ।

तर, माछाको उत्पादन कम भएपछि भारदारले १८ कठ्ठा खेतमा खेती पनि सुरु गरेका छन्।

पानीमा विष हालेर माछा मार्ने क्रम बढेपछि माछाको संख्या ह्वात्तै घटेको उनी बताउँछन्। उनले विष हालेर माछा मार्दा अन्य जलचरलाई पनि असर पुग्ने बतँए।

उनले भने, “त्यसैले म जाल हान्ने बाहेक अरू केही गर्दिनँ।”

प्रकाशित: Feb 20, 2020| 13:03 बिहीबार, फागुन ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।