बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अडियो टेप प्रकरणबारे प्रधानमन्त्रीको ‘एक्सन' चाहन्छौं : कांग्रेस, संसदमा पनि आवाज उठाउने

अडियो टेप प्रकरणबारे प्रधानमन्त्रीको ‘एक्सन' चाहन्छौं : कांग्रेस, संसदमा पनि आवाज उठाउने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा पनि सञ्चारमन्त्री गोकुल बाँस्कोटाको टेप प्रकरणको विषय उठाउने भएको छ।
 |  बिहीबार, फागुन ८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ८, २०७६

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा पनि सञ्चारमन्त्री गोकुल बाँस्कोटाको टेप प्रकरणको विषय उठाउने भएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आयोजना गरेको पत्रकार सम्मेलनमा संसदबाट टेप प्रकरण उठाइने बताए।

‘प्रिन्टिङ प्रेस प्रकरणको पछाडि ठूलो रकमको घोटाला भएको छ,’ प्रवक्ता शर्माले भने, ‘यसको पछाडि क–कसको संलग्नता थियो, त्यो खोज्नु पर्छ।’

उनले थपे, ‘मन्त्रीज्यूलाई बर्खास्त गरेर छानविन गर्नु प्रधानमन्त्रीज्यूको जिम्मेवारी हो। प्रतिशोध नराखी छानविन हुनुपर्छ। यस विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्छ।’

सार्वजनिक लेखा समितिका सभापति भरत शाह पनि यस प्रकरणमा जोडिएको प्रसंगमा सोधिएको प्रश्नमा शर्माले सबैले छानबिनमा सघाउनुपर्ने बताए।

प्रकाशित: Feb 20, 2020| 12:40 बिहीबार, फागुन ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।