काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री गोकुल बाँस्कोटाको घूस प्रकरणबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्ने भएको छ ।
आज दिउँसो १२ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा कांग्रेसले पत्रकार सम्मेलन गर्न लागेको प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन्।
शर्माले समसामायिक विषयसहित सञ्चार मन्त्रीको घूस प्रकरणबारे सार्वजनिक भएको अडियो टेपका विषयमा पनि धारणा सार्वजनिक हुने जनाएका छन्।