बिहीबार, भदौ ४, २०८३

सार्क महासचिवको कार्यकाल सकियो, अब कसको पालो ?

महासचिव सियाल तीन वर्षे कार्यकाल सकेर स्वदेश फर्किंदै गर्दा सार्कको १९औँ शिखर सम्मेलन भने अनिश्चित छ ।
 |  बिहीबार, फागुन ८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ८, २०७६

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव अम्जद हुसैन बि सेयलको कार्यकाल सकिएको छ । कार्यकाल सकेर स्वदेश फर्किनुअघि उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिदाइ भेट गरेका छन्।

प्रधानमन्त्री निवासमा भएको उक्त भेटमा प्रधामन्त्रीले महासचिवको जिम्मेवारी सम्पन्न गरेकोमा धन्यवाद दिँदै आगामी दिन सुखद् रहोस् भनी शुभेच्छा प्रकट गरेका थिए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले सार्कलाई अझ गतिशील बनाउने नेपालको धारणा रहेको र सदस्य मुलुकसँग पनि छलफल गरिरहेको बताएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए ।

महासचिव सियाल तीन वर्षे कार्यकाल सकेर स्वदेश फर्किंदै गर्दा सार्कको १९औँ शिखर सम्मेलन भने अनिश्चित छ । पाकिस्तानी कूटनीतिज्ञ सियाललाई ४ चैत ०७२ मा पोखरामा बसेको सार्क परराष्ट्रमन्त्रीस्तरीय बैठकले महासचिवमा अनुमोदन गरेको थियो ।

सोही बैठकले २४–२५ कात्तिक ०७३ मा सार्कको १९औँ शिखर सम्मेलन पाकिस्तानको इस्लामाबादमा गर्ने निर्णय गरेको थियो । सार्क शिखर सम्मेलन नभई महासचिव सियालको कार्यकाल पूरा भएको छ।

नियमित रूपमा सम्मेलन भइदिएको भए सार्कको अध्यक्ष मुलुक पाकिस्तान हुँदै यतिबेला श्रीलंका हुनुपर्ने थियो । भारत र पाकिस्तानको विवादका कारण सम्मेलन अनिश्चित बनेको हो।

सार्कको १४औँ महासचिवका रूपमा नियमित प्रक्रियाबाटै अब श्रीलंकाका कूटनीतिज्ञ एसाला विराकुनले २० फागुनदेखि कार्यभार सम्हाल्दै छन् । न्युयोर्कमा १० असोजमा भएको सार्क परराष्ट्रमन्त्रीस्तरीय अनौपचारिक बैठकले श्रीलंकाली कूटनीतिज्ञ विराकुनको नाम नयाँ महासचिवमा अनुमोदन गर्ने तय गरेको थियो । बैठकको अध्यक्षता परराष्ट्रमन्त्री ज्ञवालीले गरेका थिए । बैठकमा भारतका विदेशमन्त्री डा. सुब्रमण्यम जयशंकर र पाकिस्तानी विदेशमन्त्री शाह मुहम्मद कुरेसी पनि सहभागी भएका थिए ।

विराकुन सार्क महासचिव हुने दोस्रो श्रीलंकाली कूटनीतिज्ञ हुन् । श्रीलंकाका पूर्वविदेशसचिव निहाल रोड्रिगो यसअघि महासचिव भएका थिए । सार्कमा देशको नामको वर्णानुक्रमअनुसार तीन वर्षमा सम्बन्धित देशले महासचिवको नाम प्रस्ताव गर्छन् र सबैले अनुमोदन गरेपछि महासचिवले पदबहाली गर्छन् ।

१९८५ डिसेम्बरमा सात राष्ट्र रहेर स्थापना भएको सार्कमा सुरुमा सात मुलुक रहे पनि सन् २००७ अप्रिलमा १४औँ शिखर सम्मेलनबाट अफगानिस्तान थपिएको थियो । सार्कमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, मालदिभ्स, पाकिस्तान र अफगानिस्तान सदस्य छन् ।

युरोपियन युनियन, चीन, जापान, इरानसहित सार्कका नौवटा पर्यवेक्षक मुलुक छन् । सार्क सचिवालय काठमाडौंमा छ, जहाँ महासचिवसहित आठै देशका निर्देशक (उपसचिव तहका) कार्यरत छन् ।

प्रकाशित: Feb 20, 2020| 06:50 बिहीबार, फागुन ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।