बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • उत्तर कोरियाका पूर्वकूटनीतिज्ञ दक्षिण कोरियाको संसदीय चुनाव लड्दै

उत्तर कोरियाका पूर्वकूटनीतिज्ञ दक्षिण कोरियाको संसदीय चुनाव लड्दै

पूर्व उत्तर कोरियाली नागरिक थाई योङ हो दक्षिण कोरियाली राष्ट्रियसभा सदस्यका लागि प्रत्याशी बनेका छन्।
 |  बुधबार, फागुन ७, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ७, २०७६

एजेन्सी- पूर्व उत्तर कोरियाली नागरिक थाई योङ हो दक्षिण कोरियाली राष्ट्रियसभा सदस्यका लागि प्रत्याशी बनेका छन्। उनी केही समयअघि लण्डनस्थित उत्तर कोरियाली दूतावासमा दोस्रो तहका कूटनीतिज्ञ थिए।

National life

उनी हाल दक्षिण कोरियाको मुख्य विपक्षी पार्टीका उम्मेदवारका रुपमा प्रस्तुत भएका छन्।

उनी प्रत्याशी बन्नुमा हालै दक्षिण कोरियाले आफ्नो मुलुक त्यागेर दक्षिण कोरिया प्रवेश गरेको आरोपमा दुईजना उत्तर कोरियाली माझीहरुलाई उत्तर कोरियाको जिम्मा लगाएको घटना प्रमुख रहेको छ।

उनी भन्छन्, ‘भलै तिनिहरु अपराधी हुन सक्लान् तर देश त्यागेर शरण लिन आउनेलाई फिर्ता गर्नु एकदमै गलत हो।’

उनलाई युनाईटेड फ्युचर पार्टीले उम्मेदवार बनाएको हो। उक्त पार्टी दक्षिण कोरियाको मुख्य विपक्षी पार्टी हो।

यसअघि उक्त पार्टीले सन् २०१२ देखि २०१६ सम्म एकजना उत्तर कोरियाली भगौडा नागरिकलाई विज्ञको रुपमा दक्षिण कोरियाली संसदमा मनोनित गरेको थियो।

थाई योङ हो सन् २०१६ मा उत्तर काेरिया त्यागरेर दक्षिण काेरिया प्रवेश गरेका थिए।

प्रकाशित: Feb 19, 2020| 19:58 बुधबार, फागुन ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।