बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्वाचन शान्तिपूर्ण मात्रै होइन, जनमत प्रतिबिम्वित हुनुपर्छ : प्रधानमन्त्री ओली

निर्वाचन शान्तिपूर्ण मात्रै होइन, जनमत प्रतिबिम्वित हुनुपर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको मुटु भनेकै निर्वाचन भएकाले सुदृढ निर्वाचन प्रणाली विनालोकतन्त्र फष्टाउन नसक्ने बताएका छन्।
 |  बुधबार, फागुन ७, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ७, २०७६

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको मुटु भनेकै निर्वाचन भएकाले सुदृढ निर्वाचन प्रणाली विनालोकतन्त्र फष्टाउन नसक्ने बताएका छन्।

निर्वाचन आयोगद्वारा आयोजित चौथो निर्वाचन दिवस विशेष समारोहमा प्रधानमन्त्री ओली निर्वाचनमा जनसहभागिता बढाउन, कम खर्चिलो, स्वच्छ, पारदर्शी बनाउने र आम जनताको हितको भावनाको प्रतिनिधित्व हुन सकोस् भन्नेतर्फ हाम्रा क्रियाकलाप लक्षित हुनुपर्नेमा जोड दिए।

‘निर्वाचन शान्तिपूर्ण मात्रै होइन, जनताको प्रतिनिधित्वको प्रतिबिम्वित हुनुपर्छ’ भन्दै प्रधानमन्त्री ओलीले निष्पक्ष रहेर शान्तिपूर्ण निर्वाचन गराएको र त्यसका लागि आयोगले गरेको प्रयासको सराहना गरे।

अबका दिनमा हामीले खर्च गर्न नपर्ने निर्वाचन, पारदर्शी निर्वाचन, पारदर्शी स्रोतको व्यवस्था गर्नेतर्फ ध्यान जान जरुरी रहेको बताउँदै उनले निर्वाचनको व्यस्तता नभएको अहिलेको समयमा आयोगलाई यस्ता विषयमा ध्यान केन्द्रित गर्न सुझाव दिए।

आगामी निर्वाचनलाई कसरी राम्रो, कम खर्चिलो र सहभागिता बढाउने, जनताको हित र भावनाको बढी भन्दाबढी प्रतिनिधित्व कसरी हुन सक्छ भन्ने विधिकाबारे छलफल चलाउन पनि प्रधानमन्त्रीले आयोगको ध्यानाकर्षण गराए।

सार्वभौमसत्ता सम्पन्न जनताको मूल मर्म भनेको निर्वाचनबाट प्रकट हुने अभिमत नै हो भन्दै उहाँले जनताको अभिमतलाई स्वीकार गरेमात्रै लोकतन्त्र बलिायो हुन्छ भन्ने तथ्यलाई आत्मसात गर्न सुझाव दिए।

लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने र जनताका प्राप्त अधिकारलाई सुदृढ गर्ने गर्दै कार्यन्वयनमा जाने काममा सरकार लागिरहेको बताउदै प्रधानमन्त्री ओलीले भने, ‘देशका निम्ति सुशासन र विकासको बाटोबाट समृद्ध नेपाल बनाउने र राष्ट्रिय आकाङ्क्षाको परिपूर्तिमा सफलतापूर्वक अघि बढेका छौँ।’

प्रधानन्त्री ओलीले भने, ‘लोतन्त्रप्रतिको निष्ठा र चाहनाका लागि भएका सङ्घर्ष र बलिदानको उपलब्धिका रुपमा रहेको संविधान जारी भएपछि भएका निर्वाचनमा जनताको उत्साहपूर्ण सहभागिताले लोकतन्त्रप्रतिको उत्कृट चाहनालाई मुखरित गरेको छ, अबको चुनौती भनेको निर्वाचनलाई कसरी कम खर्चिलो बनाउने नै हो।’

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वासनीय र मितव्ययी निर्वाचनका माध्यामबाट शान्ति, स्थिरता, समृद्धि र सुशासका लागि आयोगले सहयोग पुर्याउँदै आएको बताए।

उनले भने, ‘इतिहासका सबै कालखण्ड र राजनीतिक उपलब्धिका रुपमा मुलुकले अङ्गीकार गरेको शासन प्रणालीका आधारमा संविधान र कानूनअनुरुप निर्वाचनका माध्यमबाट वैधानिकता प्रदान गर्न आयोगबाट निष्पक्ष ढङ्गबाट काम हुँदै आएको छ।’ रासस

प्रकाशित: Feb 19, 2020| 19:09 बुधबार, फागुन ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।