बिहीबार, भदौ ४, २०८३

जब बाबुको शव बोकेर छोरी पुगे आर्यघाट

हिन्दु समाजमा परिवारको कुनै सदस्यको मृत्यु भए सबै कर्म पुरुषकै हातबाट हुनुपर्ने मान्यता छ।
 |  बुधबार, फागुन ७, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ७, २०७६

जनकपुरधाम - हिन्दु समाजमा परिवारको कुनै सदस्यको मृत्यु भए सबै कर्म पुरुषकै हातबाट हुनुपर्ने मान्यता छ। मृत्यु हुँदा दाहसंस्कारदेखि १३ दिनसम्म हुने हरेक क्रियाकर्म पुरुषकै हातबाट हुन्छ। यहाँसम्म कि कसैको मृत्यु भए महिलालाई आर्यघाटसम्म जान नहुने मान्यतासमेत कायम छ। तर, धनुषाको सवैलामा छोरीहरुले बाबुको शव बोकेर आर्यघाट पुर्‍याएका छन्। सवैला नगरपालिका-२ बस्ने रामनाराण यादवको निधन भएपछि छोरीहरुले नै उनको शव आर्यघाट पुर्‍याए।

नेपाली कांग्रेसका क्रियाशील सदस्यसमेत रहेका यादवका छोरा छैनन्। पाँच छोरीका पिता रहेका उनको निधनपछि दाहसंस्कार र कर्म कसले गर्नेबारे गाउँमा छलफल भयो। छलफलको क्रममा केही व्यक्तिहरुले आफन्तबाट दाहसंस्कार गराउन सुझाव दिए। तर, छोरीहरुले मानेनन्। उनीहरु आफैं कर्ममा सहभागी भए । छोरीहरु बाबुको पार्थिव शरीर काँधमा बोकेर दाहसंस्कारको लागि निस्के। खोला छेउमा मृतककी श्रीमती राधिका देवीले दागबत्ती दिइन्।

रामनारायणको सबै छोरीको विवाह भइसकेको छ। बाबुको निधन भएको खबर सुनेर माइती पुगेकी ४० वर्षीया नेपुर यादव, ३७ वर्षीया राजदेवी यादव, ३५ वर्षीया प्रमिला यादव, ३२ वर्षीया अनिता यादव र ३० वर्षीया गोरकी यादवले बाबुको शव काँधमा बोकेर ५ किलोमिटरसम्म हिँड्दै आर्यघाट पुगे।

रामनारायणलाई श्रद्धाञ्जली दिन सवैला पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले मधेशका महिला मजबुत भइरहेको प्रतिक्रिया दिए। बाबुको शव बोकेर आर्यघाटसम्म पुर्‍याउनु मधेशका महिलाको सशक्तिकरणको उदाहरण रहेको उनले बताए।

प्रकाशित: Feb 19, 2020| 18:44 बुधबार, फागुन ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।