बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संक्रमण नदेखिए पनि नेपाललाई कोरोनामुक्त क्षेत्र भनिहाल्न मिल्दैनः स्वास्थ्य मन्त्रालय

संक्रमण नदेखिए पनि नेपाललाई कोरोनामुक्त क्षेत्र भनिहाल्न मिल्दैनः स्वास्थ्य मन्त्रालय

६ फागुन बेलुका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ट्विट गरे, ‘आजसम्म नेपालमा कोरोनाको कुनै बिरामी भेटिएको छैन। नेपाल आजसम्म सुरक्षित छ। हामीले उच्च सतर्कता अपनाएका छौ। मित्र राष्ट्र चीनलाई सिगो नेपालको ऐक्यबद्धता छ। यो सन्देश विश्वभरी फैलाऔ भन्ने कुराको बिरोध किन हो?  हिनताबोधको मानसिकता!'
 |  बुधबार, फागुन ७, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ७, २०७६

६ फागुन बेलुका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ट्विट गरे, ‘आजसम्म नेपालमा कोरोनाको कुनै बिरामी भेटिएको छैन। नेपाल आजसम्म सुरक्षित छ। हामीले उच्च सतर्कता अपनाएका छौ। मित्र राष्ट्र चीनलाई सिगो नेपालको ऐक्यबद्धता छ। यो सन्देश विश्वभरी फैलाऔ भन्ने कुराको बिरोध किन हो?  हिनताबोधको मानसिकता!'

त्यसअघि मन्त्री भट्टराईले ‘नेपाललाई कोरोना भाइरसमुक्त क्षेत्र भन्ने सन्देशमुलक श्रव्यदृष्य प्रचारका सामाग्रीहरु अंग्रेजी, चिनियाँ र हिन्दी भाषामा तयार गरी व्यापक रुपमा सम्प्रेषित गर्न व्यवस्था मिलाउन’ मातहतका निकायलाई निर्देशन दिएका थिए।

मन्त्रीको यो निर्देशन सहितको निर्णय मन्त्रालयको वेबसाईटमा राखिएको छ। तर, नेपाललाई कोरोनामुक्त भन्न नमिल्ने र कोरोनाको महामारीबाट जुधिरहेको चीनमै यसबारे प्रचार गरेर चिनियाँ पर्यटक बोलाउनु उपयुक्त नहुने भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भयो। त्यसकै प्रतिक्रियास्वरुप भट्टराईले सामाजिक सञ्जालमा उनको आलोचना गर्नेलाई ‘हिनताबोधको मानसिकता’ भनेका हुन् ।

यद्यपि, स्वास्थ्यमन्त्रालयले पनि नेपाललाई कोरोनामुक्त क्षेत्र भन्न नमिल्ने बताएको छ। ७ फागुनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजनाको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव खगराज बरालले नेपालमा कोरोना संक्रमित व्यक्ति देखिइसकेका र कतैबाट पनि यसको संंक्रमण हुनसक्ने भएकाले नेपाललाई कोरोनामुक्त क्षेत्र भन्न नमिल्ने बताए।

मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठ पनि नेपाल कोरोनामुक्त नभएको बताउँछन्। उनी भन्छन्, “नेपाल कोरोना मुक्त छैन। यो सरुवा रोग हो र नजिकको छिमेकी देशमा महामारीको रुपमा कोरोनाको संंक्रमण फैलिएकाले नेपाललाई संक्रमण मुक्त भनी घोषण गर्न मिल्दैन। हामीले सचेतता अपनाएका छौं तर, संक्रमणमुक्त भनेर ढुक्क भएर बस्न मिल्दैन।”

श्रेष्ठका अनुसार चीनबाट नभए पनि जापान, अमेरिका वा अन्य कुनै देशबाट आउने संक्रमित यात्रुबाट पनि कोरोना भाइरसको संक्रमण नेपालसम्म आइपुग्न सक्छ। किनभने ती देशमा पनि कोरोनाको संक्रमण देखिइसकेको छ। त्यसैले ढुक्क हुने अवस्था छैन, सचेतता अपनाउनै पर्छ।

स्वास्थ्य सचिव बराल भन्छन्, “यद्यपि, नेपालमा कोरोना संक्रमणको समस्याले त्रसित हुने अवस्था छैन, त्यसैले नेपाल भ्रमणको लागि सुरक्षित क्षेत्र हो भनेर पर्यटन मन्त्रालयले विज्ञप्ती जारी गरेको हुनुपर्छ।”

 

प्रकाशित: Feb 19, 2020| 18:28 बुधबार, फागुन ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।