बिहीबार, भदौ ४, २०८३

बाल अस्पताललाई बैंक अफ काठमाडौले दियो एक करोड

 |  बुधबार, फागुन ७, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ७, २०७६

काठमाडौं– बैंक अफ काठमाडौंले नयाँ बन्न लागेको बाल अस्पतालाई एक करोड रुपैयाँ सहयोग गरेको छ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालको अध्यक्षतामा स्थापित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले काठमाडौं सहित ७ वटै प्रदेशमा बाल अस्पताल स्थापना गर्न लागेको छ।

बुधबार बैंकको रजत जयन्तीको अवसरमा बैंकका तर्फबाट गभर्नर चिरञ्जीवी नेपालले डा।कोइरालालाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत सो रकम अस्पतालाई उपलव्ध गराएको जनाएको छ।

उक्त रकम अस्पतालको आइसीयु कक्ष निर्माणमा खर्च हुने डा. कोइरालाले जानकारी दिए।

सातवटै प्रदेशमा अस्पताल निर्माणका लागि रु. २ अर्ब लाग्ने अनुमान गरिएको छ। सबै अस्पताल आगामी सन् २०२२ भित्र निर्माण भइसक्ने लक्ष्य लिइएको छ।

अध्यक्ष डा‍. कोइरालाले सुरुमा राजधानीमा एकसय शय्याको अस्पताल निर्माण गर्ने र त्यसपछि सातवटै प्रदेशमा पचास पचास शय्याको अस्पताल स्थापना हुने बताए।

प्रकाशित: Feb 19, 2020| 17:10 बुधबार, फागुन ७, २०७६
प्रतिक्रिया दिनुहोस्