बिहीबार, भदौ ४, २०८३

महाशिवरात्रीमा पशुपति दर्शनको यस्तो छ व्यवस्था

महाशिवरात्रीको दिन पशुपति क्षेत्रमा सुरक्षाका लागि पाँच हजार स्वयंसेवक परिचालन गरिने भएको छ। नेपाल स्काउटकासमेत गरि करिब पाँच हजार स्वयंसेवक परिचालन गरिन लागेको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ।
 |  बुधबार, फागुन ७, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ७, २०७६

काठमाडौं - महाशिवरात्रीको दिन पशुपति क्षेत्रमा सुरक्षाका लागि पाँच हजार स्वयंसेवक परिचालन गरिने भएको छ। नेपाल स्काउटकासमेत गरि करिब पाँच हजार स्वयंसेवक परिचालन गरिन लागेको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ।

यस्तै महाशिवरात्रीका दिन नेपाल प्रहरीको अगुवाईमा सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीसमेत परिचालन गरिने भएको छ। भक्तजनहरुको स्वास्थयलाई मध्येनजर गर्दै ३३ वटा स्वास्थ्य संस्थाले मन्दिर परिसरमा सेवासमेत दिनेछन्। पशुपति क्षेत्रमा महाशिवरात्रीको दिन गाँजा-भाङ, जाँड रक्सी जस्ता नशालु पदार्थ सेवन गर्नसमेत प्रतिबन्ध लगाइएको छ। शिवरात्रीका दिन विभिन्न संघसंस्थाले निशुल्क भोजन तथा चियानास्ताकोसमेत व्यवस्था गरेका छन्। पशुपति क्षेत्रभित्र प्लाष्टिकको प्रयोगमा समेत रोक लगाइएको छ।

यसैबीच महाशिवरात्रीका दिन एयरपोर्ट, गौशाला, चाबहिलको रिङरोडमा भीड हुने भएकोले सवारीसाधनका लागि एकतर्फीको व्यवस्था गरिएको छ। ट्राफिक व्यवस्थापनका लागि तिलगंगा क्षेत्र, पशुपति क्षेत्र विकास कोषको कार्यालय, महानगरीय प्रहरी वृत तथा ट्राफिक प्रहरी प्रधान गौशाला, सिफल चौर र गुहेश्वरी पारी गरी पाँच स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ।

शिवरात्रीका अवसरमा पशुपति मन्दिर दर्शन गर्न चारवटा लाइनको व्यवस्था गरिएको छ। पश्चिम ढोका, उत्तरढोकाबाट एक/एक लाइन र दक्षिण ढोकाबाट दुई लाइनको व्यवस्था गरिएको छ। मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, जयवागेश्वरी-इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोकाबाट एक लाइन व्यवस्था गरिएको छ। त्यस्तै बत्तीसपुतली–गौशाला तथा एयरपोर्ट तीलगंगा भएर पिंगलास्थान–सुमार्गी भवन अगाडि भएर चार शिवालय पञ्चदेवलहुँदै दक्षिण ढोकाबाट दुईवटा लाइन रहने कोषले जनाएको छ। दर्शन गर्न जानेहरु जुन मार्गबाट प्रवेश गर्छन् त्यही मार्गबाट फर्किनुपर्ने कोषले जनाएको छ।

प्रकाशित: Feb 19, 2020| 16:43 बुधबार, फागुन ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।