बुधबार, चैत ११, २०८२

रमिते बनेर बसे प्रधानमन्त्रीमाथि नै प्रश्न उठ्छः डा. केसी

चिकित्सा शिक्षा सुधारका लागि आवाज उठाउँदै आएका डा. गोविन्द केसीले अवैध रुपमा विद्यार्थीहरुसँग शुल्क असुल्ने मेडिकल कलेजहरुको सम्बन्धन खारेज गर्ने कदम चाल्न चिकित्सा शिक्षा आयोगलाई ध्यानाकर्षण गराएका छन्।
 |  बुधबार, फागुन ७, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ७, २०७६

काठमाडौं। चिकित्सा शिक्षा सुधारका लागि आवाज उठाउँदै आएका डा. गोविन्द केसीले अवैध रुपमा विद्यार्थीहरुसँग शुल्क असुल्ने मेडिकल कलेजहरुको सम्बन्धन खारेज गर्ने कदम चाल्न चिकित्सा शिक्षा आयोगलाई ध्यानाकर्षण गराएका छन्। चिकित्सा शिक्षा क्षेत्र सुधार तथा सुशासनका लागि संघर्षरत डा. केसीले विज्ञप्ति जारी गर्दै अवैध रुपमा असुलिएको शुल्क फिर्ता नगर्ने तथा अवैध शुल्क लिन खोज्ने मेडिकल कलेजहरुको सम्बन्धन खारेज गर्ने कदम चाल्न आग्रह गर्दै आयोगको ध्यानाकर्षण गराएका हुन् ।

National life

सरकारले अवैध रुपमा असुलेको रकम फिर्ता गराउने बाचा गरे पनि फिर्ता हुन नसकेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘मुख्य राजनीतिक दलका नेताहरुको मेडिकल माफियासँगको साँठगाँठ र संरक्षणका कारण शुल्क फिर्ता गर्नु त कता हो कता, नयाँ भर्ना हुन आएका विद्यार्थीहरुसँग करोडौं बढी असुल्ने प्रयास भइरहेको छ । यसबाट देशमा दण्डहिनता कति छ भन्ने त देखिन्छ नै अपराधी र माफियाहरु राज्यको प्रत्यक्ष संरक्षण्मा छन् भन्ने पनि पुष्टि हुन्छ ।’

पछिल्लो समय अवैध शुल्क असुलीविरुद्ध विद्यार्थीहरुले आन्दोलन गरेर ठूलो मूल्य चुकाएको भन्दै विगतमा भएका सबै सम्झौताहरु कार्यान्वयन नभए आन्दोलनका कार्यक्रमहरु ल्याउने डा. केसीले चेतावनी दिएका छन् ।

यस्तो गम्भीर आर्थिक अपराध भइरहँदा रमिते बनेर बस्ने हो भने आयोगका अध्यक्ष रहेका प्रधानमन्त्री र उपाध्यक्षको नैतिकता र कार्यक्षमतामाथि पुनः एक पटक प्रश्न उठ्ने निश्चित भएको विज्ञप्तिमा उल्लेख छ। भ्रष्ट र आपराधिक राजनीतिक नेतृत्वका कारण हरेक पाइलामा विद्यार्थी र अभिभावकलाई ठग्ने मेडिकल माफियालाई पोस्ने र भएका संझौताहरु उल्लंघन गर्ने सिलसिला चलेको उनको आरोप छ ।

प्रकाशित: Feb 19, 2020| 16:23 बुधबार, फागुन ७, २०७६
प्रतिक्रिया दिनुहोस्