बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनताको लामो संघर्षको उपलब्धि प्रजातन्त्रः मुख्यमन्त्री पोखरेल

जनताको लामो संघर्षको उपलब्धि प्रजातन्त्रः मुख्यमन्त्री पोखरेल

 |  बुधबार, फागुन ७, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ७, २०७६

भैरहवा । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रजातन्त्र दिवसको शुभकामना दिँदै इतिहासको चर्चा गरेका छन्। उनले शुभकामना सन्देशमा नेपाली जनताको लामो संघर्ष र बलिदानबाट निरकुंश, जहाँनिया र तानाशाही शासन व्यवस्थाको अन्त्य भई लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना भएको स्मरण गरेका छन्।

उनले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रको जग पनि २००७ सालदेखि बसेको उल्लेख गरेका छन् । उनले भनेका छन्, “००७ सालदेखि उठेको संविधानसभाको माग २०६२–०६३ को जनक्रान्तिपछि पूरा हुन सम्भव भयो । र, संविधानसभाबाट नयाँ संविधान जारी भएको छ । संविधान अनुसार संघीय शासन प्रणाली विधिवत रुपमा स्थापित भएको छ ।”

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार समृद्ध प्रदेश,खुसी जनताको लक्ष्य बोकेर समृद्धिको अभियानमा अघि बढिरहेको बताएका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा बुधबार बिहान बुटवलमा प्रभातफेरि कार्यक्रमको आयोजना गरिएको थियो ।

 

प्रकाशित: Feb 19, 2020| 13:43 बुधबार, फागुन ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।