मेलबर्न– अस्ट्रेलियाको मेलबोर्नस्थित ग्रामीण इलाकामा बुधबार दुई साना विमान ठोक्किँदा त्यसमा सवार चार जनाको ज्यान गएको छ।
प्रहरीले दुवै विमानका एक–एक जना पाइलट र एक–एक जना यात्रु सवार रहेको जनाएको छ।
ती दुई विमान म्यान्गालोर सहरमा करिब ४ हजार फिट माथि आकाशमा ठोक्किएका थिए।
घटनाको अनुसन्धान भइरहेको अधिकारीले जनाएका छन्।