बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीकाे गुनासाे- नकारात्मकता फैलाएर समृद्धि यात्रा अवरोध गर्न खोजियो

प्रधानमन्त्रीकाे गुनासाे- नकारात्मकता फैलाएर समृद्धि यात्रा अवरोध गर्न खोजियो

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको समृद्धि यात्रामा नकारात्मकता फैलाएर अवरोध गर्न खोजिएको गुनासो गरेका छन्।
 |  बुधबार, फागुन ७, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ७, २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको समृद्धि यात्रामा नकारात्मकता फैलाएर अवरोध गर्न खोजिएको गुनासो गरेका छन्।

“सरकार समृद्धिको दिशामा अघि बढिरहे पनि वैदेशिक लगानीमा अवरोध गर्ने, विकास निर्माणमा बाधा हाल्ने लगायतका काम भइरहेका छन्,” ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, “सरकारको यात्रामा अवरोधको प्रयास भए पनि त्यसलाई परास्त गरेर अघि बढ्छौं।”

उनले गर्नुपर्ने कामहरूको सूची लामो भएको उल्लेख गर्दै सरकारले समृद्धिको दिशातर्फको यात्रा थालेको बताए। सरकारले समृद्धिको दिशामा अघि बढ्न केही काम सुरु गरेको, केही सुरु हुने अवस्थामा रहेको र केही सम्पन्न भएको उनको भनाइ छ।

सरकार सन् २०३० सम्म दिगो लक्ष्य हासिल गर्ने तयारीमा रहेको उनको भनाइ छ।

प्रकाशित: Feb 19, 2020| 11:58 बुधबार, फागुन ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।