बिहीबार, भदौ ४, २०८३

वर्तमान सरकार जनभावना विरोधीः पूर्वमन्त्री बडु

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडुले वर्तमान सरकार जनताको भावना विरोधी भएको आरोप लगाएका छन् ।
 |  बुधबार, फागुन ७, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ७, २०७६

अछाम- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडुले वर्तमान सरकार जनताको भावना विरोधी भएको आरोप लगाएका छन् ।

नेपाल प्रेस यूनियन अछामले बुधबार साफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बडुले वर्तमान सरकार सबै नेपालीको नभएर नेकपाको मात्र भएको आरोप लगाएका हुन् ।

उनले राज्यका संबैधानिक निकायहरु पनि सरकारको प्रभावमा परेर काम गरिरहेको दाबी गरे । अख्तियारको पछिल्लो कदमले यसको पुष्टि गर्ने भन्दै उनले भ्रष्टाचारीलाई कारवाही गर्ने विषयमा कांग्रेसको विमति नरहे पनि कानुनको विभेदपुर्ण प्रयोगको विषयमा भने कांग्रेसले विरोध गर्दै आएको बताए ।

न्यायालयले सहि र गलत छुट्याउला तर त्यहा पुर्याउने बाटो नै गलत भयो ललिता निवास प्रकरण बारे बोल्दै बडुले भने । सरकारले ल्याउन लागेका प्राय कानुन विधेयकहरु संबिधानको मर्म विपरित भएको उनको दाबी छ ।

नेता बडुले सुदूरपश्चिमको विकासका लागि सबै दल एक ठाउमा उभिनुपर्नेमा जोड दिए । पश्चिम सेती, अपर कर्णाली जस्ता आयोजना बनाउनका लागि सरकारलाई दबाब दिनु पर्नेमा उनले जोड दिए ।

प्रकाशित: Feb 19, 2020| 11:58 बुधबार, फागुन ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।