बिहीबार, भदौ ४, २०८३

गोठबाटै लैनो भैँसी चोरेर भाग्दा प्रहरीको फन्दामा

भैँसी चोरी गरेको आरोपमा प्रहरीले भिरकोट नगरपालिका–२ का २४ वर्षीय अजमत अलि र सोही ठाउँका २७ वर्षीय महमद अलिलाई पक्राउ गरेको छ ।
 |  बुधबार, फागुन ७, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ७, २०७६

स्याङ्जा- भैँसी चोरी गरेको आरोपमा प्रहरीले भिरकोट नगरपालिका–२ का २४ वर्षीय अजमत अलि र सोही ठाउँका २७ वर्षीय महमद अलिलाई पक्राउ गरेको छ ।

उनीहरुले ग१ज ५८४१ नंको जिपमा भैँसी र पाडी लिएर बयरघारीतर्फ जाँदैगर्दा सोधपुछका क्रममा भैँसी किनेको ठाउँ खुलाउन नसकेपछि मंगलबार पक्राउ गरिएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।

भिरकोट नगरपालिका- का तेजबहादुर केसीको दुई वर्षको पाडी र भिरकोट-२ की जमुना केसीको सात वर्षको लैनोभैँसी गोठबाटै हालै चोरी भएको थियो ।

पीडित किसानले गोठबाटै भैँसी हराएको उजुरी दिएपछि प्रहरीले खोजतलास थालेको थियो । यस क्रममा अलि द्वयलाई जिपसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

तेजबहादुर केसी र जमुना केसीलाई भैँसी र पाडी देखाउँदा आफूहरुको भएको बताएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिए ।

चोरी कार्यमा संलग्नलाई जिल्ला अदालतमा म्याद थपी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

चोरी गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने भन्दै सो नगरपालिकाका स्थानीय बासिन्दा वडा प्रहरी कार्यालय वालिङमा पुगेका थिए ।

 

प्रकाशित: Feb 19, 2020| 09:48 बुधबार, फागुन ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।