मंगलबार, असार २३, २०८३

ओमनमा यस्तो छ नेपाली टिमको अभ्यास (तस्बिरहरु)

दुई हप्ताअघि ओमन प्रस्थान गरेको नेपाली राष्ट्रिय क्रिकेट टिमले २४ घण्टाको क्‍वारेन्टिनपछि अभ्यास सुरु गरेको थियो।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

काठमाडौं- दुई हप्ताअघि ओमन प्रस्थान गरेको नेपाली राष्ट्रिय क्रिकेट टिमले २४ घण्टाको क्‍वारेन्टिनपछि अभ्यास सुरु गरेको थियो। भदौ ८ गते मंगलबार ओमन पुगेको टिमका सबै खेलाडीको बुधबार कोभिड रिपोर्ट नेगेटिभ आएपछि नेपाली टिमले अभ्यास थालेको थियो।

अब नेपाली क्रिकेट टिमले भोलि मंगलबार पपुवा न्युगिनीसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ। ओमन र अमेरिकासँग समान २-२ खेलका लागि नेपाली टोली ओमन पुगेको हो। यी खेल विश्वकप लिग-२ अन्तर्गतका हुन्। विश्वकप लिग २ का ती चार खेलअघि अभ्यासस्वरुप नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेल्न लागेको हो।

नेपालले पहिलो खेल मंगलबार खेल्नेछ भने अर्को खेल सेप्टेम्बर १० मा हुनेछ। यसअघि सेप्टेम्बर ५ र ८ मा नेपाल र पपुवा न्युगिनीबीच खेल हुने तय भएको थियो। 

यी खेलको प्रत्यक्ष प्रसारणका लागि डिस होमसँग सम्झौता भएको क्यानले जनाएको छ। सम्झौतामा क्यानका तर्फबाट कोषाध्यक्ष रोशनकुमार सिंह र डिस होमका तर्फबाट प्रबन्ध निर्देशक सुदीप आचार्यले हस्ताक्षर गरेका थिए। 

यसअघि नेपालले घरेलु मैदानमै ओमन र अमेरिकासँग दुई-दुई खेल खेलिसकेको छ। अमेरिकालाई हराएको नेपालले ओमनसँग भने हारमा चित्त बुझाएको थियो। अंकतालिकामा नेपाल ४ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ। शीर्षस्थानको ओमनले २६ अंक बटुलेको छ।

ओमन पुगेका खेलाडी

ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दिप लामिछाने, पवन सराफ, अविनाश बोहरा, रोहित पौडेल, सुशन भारी, शरद भेषवकर र बिक्रम शोब, प्रशिक्षक र अफिसियल डेभ वाटमोर, मोहम्मद दाउद अन्सारी, रमण ।


प्रकाशित: Sep 06, 2021| 19:26 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।