बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन्।
 |  मंगलबार, फागुन ६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०७६

काठमाडौं- स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन्।

प्रधानमन्त्री ओलीको मुटुमा समस्या देखिएपछि एन्जीओग्राफी गरिएको छ। उपचारमा संलग्न मुटुरोग विशेषज्ञ डा. अरुण सायमीका अनुसार ओलीको स्वास्थ्य खतरामुक्त छ। सम्भवत: आजै साँझ निवास फर्किने छन्।

प्रधानमन्त्री ओली सोमबार गृहजिल्ला झापामा विभिन्न कार्यक्रममा सहभागी भई फर्किएका थिए।

१३ वर्षअघि भारतको दिल्लीमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री ओलीले गत कात्तिकदेखि नियमित डायलाइसिस गराइरहेका छन्। 

प्रकाशित: Feb 18, 2020| 19:14 मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।