बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • केन्द्र सरकारको सहयोगबिना कर्णालीको समृद्धि असम्भव : उपराष्ट्रपति पुन

केन्द्र सरकारको सहयोगबिना कर्णालीको समृद्धि असम्भव : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले केन्द्र सरकारको सहयोगबिना कर्णाली प्रदेशको समृद्धि असम्भव रहेको बताएका छन्।
 |  मंगलबार, फागुन ६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०७६

सुर्खेत - उपराष्ट्रपति नन्दबहादुर पुनले केन्द्र सरकारको सहयोगबिना कर्णाली प्रदेशको समृद्धि असम्भव रहेको बताएका छन्।

सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतले आयोजना गरेको दोस्रो कर्णाली एक्स्पो २०७६ को उद्घाटन गर्दै राष्ट्रपति पुनले भने, ‘कर्णाली प्राकृतिक र सांस्कृतिक हिसावले अथाह सम्भावना भएको प्रदेश हो, तर केन्द्र सरकारको सहयोगबिना कर्णालीको समृद्धि सम्भव छैन।’

उपराष्ट्रपति पुनले कर्णालीलाई अन्य प्रदेशसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउन र यहाँको आर्थिक विकासका लागि संघीय सरकारले विशेष कार्यक्रम ल्याउन आवश्यक रहेको बताए। वर्षौंदेखि कर्णालीलाई राज्यले उपेक्षा गरेको बताउँदै उपराष्ट्रपति पुनले संघीय सरकारले पहिलेको साँवा, ब्याज पूर्ति हुनेगरी विशेष कार्यक्रम ल्याउनुपर्ने बताए। भौगोलिक विकटताका कारण स्थानीय र प्रदेश सरकारको पहलबाट कर्णालीको समृद्धि असम्भव रहेको उनको तर्क थियो।

यसैबीच सुर्खेत उद्योग वाणिज्य संघले उपराष्ट्रपति पुनसँग २१ बुँदे मागपत्र पेश गरेको छ। संघका अध्यक्ष धनबहादुर रावतले सुर्खेतमा क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माणमा पहल, औद्योगिक क्षेत्र स्थापना तथा चौकुने सिमेन्ट कारखानाको सञ्चालनमा पहल गरिदिनलगायतका २१ बुँदे माग उपराष्ट्रपतिमाझ पेश गरेका हुन्। कर्णालीमा अर्गानिक प्रदेशको आधारशिला तयार पार्ने र उत्पादनको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव आगामी १७ गतेसम्म सञ्चालन हुने छ।

मागपत्र

प्रकाशित: Feb 18, 2020| 18:49 मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।