बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रजातन्त्र सार्थक हुन सकेनः पूर्वराजा ज्ञानेन्द्र

प्रजातन्त्र सार्थक हुन सकेनः पूर्वराजा ज्ञानेन्द्र

प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र जीवन पद्दति र व्यवहारमा देखिनुपर्ने बताएका छन्।
 |  मंगलबार, फागुन ६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०७६

काठमाडौं- प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र जीवन पद्धति र व्यवहारमा देखिनुपर्ने बताएका छन्।

मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, “प्रजातन्त्र शब्दमा होइन, कर्ममा उत्रनु पर्दछ, रुपमा होइन सारमा झल्कनु पर्दछ। प्रजातन्त्र कुनै अलंंकार, नामान्तर वा रुपान्तरण मात्र होइन– त्यो जीवन पद्धति र व्यवहारमा देखिनु पर्दछ। राष्ट्रको प्रतिष्ठा प्रवर्धन र आम जानचाहनाको परिपूर्ति नै प्रजातन्त्रको प्राण हो।’

उनले आफू देश दर्शन र विदेश भ्रमणमा जाँदा नेपालको प्रजातन्त्र जनजीवनको उत्थानमा, उमंगमा र उत्साहमा सार्थक हुन नसकेको बुझेको बताएका छन्।

उनले भनेका छन्, ‘... प्रजातन्त्र केही टाठाबाठाका निमित्त मात्र होइन, केहीको आर्थिक स्वार्थका लागि मात्र होइन ... सबै जनता र सिंंगो देशका निम्ति प्रतिफलकारी हुनुपर्छ।’

उनले इतिहासलाई नबिर्सन र कोरा सपना मात्र नबाँडेर सर्वहितकारी ‘प्रजातान्त्रिक धर्म’ को निर्वाह गर्न पनि आह्वान गरेका छन्।

 

प्रकाशित: Feb 18, 2020| 18:46 मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।