बिहीबार, भदौ ४, २०८३

स्ववियु चुनाव स्थगित

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित गरेको छ। फागुन १४ गतेलाई तय भएको स्ववियु चुनाव अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको त्रिवि कार्यकारी परिषद्ले जानकारी दिएको छ।
 |  मंगलबार, फागुन ६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०७६

काठमाडौं - त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित गरेको छ। फागुन १४ गतेलाई तय भएको स्ववियु चुनाव अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको त्रिवि कार्यकारी परिषद्ले जानकारी दिएको छ।

विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर मगरले दिएको जानकारीअनुसार विद्यार्थी संगठनबीच सहमति नहुँदा निर्वाचन स्थगित भएको छ।

त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त करिब एक हजार ५१ क्याम्पसमा स्ववियु निर्वाचन हुने तय भएको थियो। विगत दश वर्षदेखि स्ववियु निर्वाचन हुन नसक्दा अधिकांश क्याम्पस स्ववियुविहीन छन्।

प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता त्रिविका सबै क्याम्पसमा हुनसकेको छैन। विद्यार्थी सङ्गठनबीच उमेर हदबन्दी र निर्वाचन प्रणालीबीच सहमति हुन नसक्दा धेरै क्याम्पसमा निर्वाचन हुन नसकेको हो। विसं २०७३ मा करिब २५० क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो।

विसं २०७३ मा भएको स्ववियु निर्वाचनको २०७५ फागुन १४ गते नै कार्यकाल सकिएपनि त्रिविले एकवर्ष समयावधि थप गरेको थियो। त्यसअघि त्रिविले तीन पटक स्ववियु निर्वाचन घोषणा गरेपनि हुनसकेको थिएन। त्रिविको विनियमावलीमा संशोधन गरेर २०६९ सालमा २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमा स्ववियु निर्वाचन गर्ने व्यवस्था गरेको थियो।

प्रकाशित: Feb 18, 2020| 18:05 मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।