बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विस्फोटक पदार्थसहित विप्लवका पाँच कार्यकर्ता पक्राउ

विस्फोटक पदार्थसहित विप्लवका पाँच कार्यकर्ता पक्राउ

विस्फोटक पदार्थसहित प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' समूहका पाँच जना कार्यकर्तालाई चैनपुर नगरपालिका-१ गुफापोखरीबाट मंगलबार पक्राउ गरेको छ।
 |  मंगलबार, फागुन ६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०७६

संखुवासभा - विस्फोटक पदार्थसहित प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' समूहका पाँच जना कार्यकर्तालाई चैनपुर नगरपालिका-१ गुफापोखरीबाट मंगलबार पक्राउ गरेको छ। सो समूहका जिल्ला सदस्य चैनपुर-४ दोभानेका ‘अग्नि’ भन्ने सन्तोष तामाङसहित पाँचजनालाई पक्राउ गरेको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए।

शङ्कास्पद रुपमा हिँडिरहेको देखेपछि प्रहरीले सोधपुछ गर्दा प्रहरी टोलीमाथि आक्रमण गरेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेर उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट प्रहरीले रेडबुल बम एक थान, सकेट बम एक थान, विस्फोटनमा प्रयोग हुने सेफ्टी फ्युज तथा तारलगायत मोबाइल तथा विभिन्न कागजात बरामद गरेको बताइएको छ। पक्राउ परेका अन्य चारजनाको नाम भने प्रहरीले खुलाएको छैन। माघ २ गते पक्राउ परेका उनीहरुलाई प्रहरीले माघ ६ गतेमात्र सार्वजनिक गरेको छ।

प्रकाशित: Feb 18, 2020| 17:20 मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।