आइतबार, चैत १, २०८२

निको भए १३ हजार कोरोना संक्रमित

चीनमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित १२ हजार ९ सय ६६ जना उपचारपश्चात् घर फर्किएका छन् ।
 |  मंगलबार, फागुन ६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०७६

चीनमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित १२ हजार ९ सय ६६ जना उपचारपश्चात् घर फर्किएका छन् । चिनियाँ स्वास्थ्य आयोगका अनुसार सोमबारमात्रै १ हजार ७ सय जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

National life

कोरोना भाइरसबाट अहिलेसम्म चीनमा १८ सय ७४ जनाको मृत्यु भएको छ भने ७३ हजारभन्दा बढी संक्रमित छन् ।

आयोगका अनुसार सोमबारमात्रै यो भाइरसबाट चीनमा ९८ जनाले ज्यान गुमाए । यस्तै थप १ हजार ८ सय ६९ जनामा नयाँ संक्रमण देखा परेको थियो ।

गत ३१ डिसेम्बर २०१९ मा पहिलो पटक थाहा भएको कोरोना भाइरसको संक्रमण चीन बाहिर करिब ३० वटा देशमा देखा परेको छ ।

कोभिडबाट संक्रमितमध्ये ४६ हजार ७ सय अर्थात् संक्रमित मध्ये ८० प्रतिशत मानिस सामान्य अवस्थामा रहेको ११ हजार ७ सय ९५ अर्थात् २० प्रतिशतको अवस्था गम्भीर रहेको आयोगले जनाएको छ ।

Laxmi sunrise bank
kumari

त्यस्तै १४ हजार ८ सय ४० को उपचार पूरा भएको छ, जसमध्ये १२ हजार ९ सय ६६ जना निको भएका छन् । मृत्यु हुनेमध्ये अधिकांश ८० वर्षमाथिका रहेको जनाइएको छ ।

 

प्रकाशित: Feb 18, 2020| 15:59 मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।