बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्वसभामुख महराको सांसद निलम्बन फुकुवा, सभामुखले दिए जानकारी

पूर्वसभामुख महराको सांसद निलम्बन फुकुवा, सभामुखले दिए जानकारी

प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराको निलम्बन फुकुवा भएको छ।
 |  मंगलबार, फागुन ६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०७६

काठमाडौं– प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराको निलम्बन फुकुवा भएको छ। मंगलबारको प्रतिनिधिसभा बैठकमा महरा थुनामुक्त भएको जानकारीसँगै उनको निलम्बन फुकुवा भएको हो।

महराको सचिवालयले प्रतिनिधिसभा सचिवालयलाई उपलब्ध गराएको पत्रअनुसार मंगलबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अदालतको फैसला सदनमा जानकारी गराएका थिए। सोमबार काठमाडौं जिल्ला अदालतले पूर्वसभामुखसमेत रहेका महरालाई यौनकाण्डमा सफाइ दिएको थियो।

महराको निलम्बन फुकुवा भएपछि अबको प्रतिनिधिसभा बैठकमा उनी सहभागी हुन पाउनेछन्।
गत असोज १९ गते उनी निलम्बनमा परेका थिए।

प्रकाशित: Feb 18, 2020| 15:37 मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।