बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुत्केरी र नवजात शिशुको मृत्युपछि रंगेली अस्पतालमा तनाव

सुत्केरी र नवजात शिशुको मृत्युपछि रंगेली अस्पतालमा तनाव

सुत्केरी र नवजात शिशुको मृत्युको विषयलाई लिएर मोरङको रंगेली नगरपालिका–७ स्थित रंगेली अस्पताल तनावग्रस्त बनेको छ।
 |  मंगलबार, फागुन ६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०७६

इटहरी– सुत्केरी र नवजात शिशुको मृत्युको विषयलाई लिएर मोरङको रंगेली नगरपालिका–७ स्थित रंगेली अस्पताल तनावग्रस्त बनेको छ।

रंगेली–९ दोभनाकी २५ वर्षीया रबिना सरदार र उनका नवजात शिशुको सोमबार मृत्यु भएको थियो। सुत्केरी व्यथाले च्यापेपछि अस्पताल लगिएकी उनले सोमबार बिहान सामान्य प्रसूतिमार्फत छोरा जन्माएकी थिइन्।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा. अशोक ठाकुरले रबिनाले मृत बच्चा जन्माएको र स्वास्थ्य अवस्था असामान्य बन्दै गएपछि उनलाई कोसी अञ्चल अस्पताल रिफर गरिएको बताए।

कोसीमा पनि उपचार हुन नसकेपछि उनलाई विराट मेडिकल कलेजमा लगिएको थियो। रबिनाको त्यहीँ निधन भएको बताइएको छ।

आफन्त र परिवारका सदस्यले रंगेली अस्पतालअगाडि शव राखेर प्रदर्शन गरिरहेका छन्। चिकित्सकको लापरबाहीले मृत्यु भएको उनीहरूको आरोप छ। उनीहरूले दुवै शव बुझ्न अस्वीकार गरेका छन्।

मृत्युको वास्तविक कारण पत्ता लगाएर दोषी चिकित्सकमाथि कारबाही हुनुपर्ने माग आन्दोलरत पक्षको छ। अस्पतालमा तनाव उत्पन्न भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

निमित्त मेडिकल सुपरिटेन्डेन ठाकुरले सामान्य प्रसूतिमार्फत बच्चा जन्मिए पनि रक्तश्राव भएर सुत्केरीको मृत्यु भएको बताए। वैदेशिक रोजगारीमा रहेका रबिनाका पति मनु सरदार पत्नीको मृत्युको खबर सुनेपछि नेपाल फर्किएका छन्।

प्रकाशित: Feb 18, 2020| 15:11 मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।