बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • थापाको व्यंग्यात्मक स्वस्थानी: चोरीको सामान किन्दा लोकले थाहा पाए दुईपल्ट विष्णु-विष्णु भन्नु

थापाको व्यंग्यात्मक स्वस्थानी: चोरीको सामान किन्दा लोकले थाहा पाए दुईपल्ट विष्णु-विष्णु भन्नु

नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले बालुवाटार जग्गा प्रकरण र उक्त प्रकरणमा अख्तियारले दिएको निर्णयप्रति ब्यङ्ग्य गरेका छन्। उनले स्वस्थानी शैलीमा ब्यङ्ग्य गरेका हुन्।
 |  मंगलबार, फागुन ६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०७६

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले बालुवाटार जग्गा प्रकरण र उक्त प्रकरणमा अख्तियारले दिएको निर्णयप्रति व्यंग्य गरेका छन्। उनले स्वस्थानी शैलीमा व्यंग्य गरेका हुन्।

थापले अब उप्रान्त चोरीको सामान किन्दा सकेसम्म लोकले थाहा नपाउने गरी किन्न र अप्ठ्यारोमा परे सामान फर्काइ हत्तपत्त दुईपटक विष्णु-विष्णु भन्नु भन्दै व्यंग्य गरेका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा थापाले भने, 'कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणि, अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकले थाहा नपाउने गरी किन्नु, यदि थाहा पाइहालेमा उनीहरूको चित्त बुझाउन नसकेर अप्ठ्यारोमा पर्नेभो भनेर सामान फर्काउनु। अनि हत्तपत्त दुईपटक विष्णु-विष्णु भन्नु। त्यसमा पनि लोकले चित्त बुझएनन् भने गोकुल धाममा गएर खड्क उचाल्नु र चारपटक विष्णु-विष्णु भन्नु, त्यसको प्रभावले तिम्रो-हाम्रो लागेको दाग लोकले देखे पनि देख्नु पर्नेले देख्ने छैनन्। इतिश्री अख्तियार पुराणे, कुमार विष्णु संवादे श्रीस्वस्थानी ब्रतकथा बालुवाटार वर्णनाम प्रथम अध्याय धन्यवाद।’

अख्तियारले ललिता निवास जग्गा प्रकरणमा ३ पूर्वमन्त्री र ३ पूर्वसचिवसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। तर उक्त काण्डमा नेकपा महासचिव विष्णु पौडेलललाई सरकारी जग्गा फिर्ता गर्न मन्जुर भएको भन्दै मुद्दा दायर गरिएको थिएन। यसै विषयमा थापाले मंगलबारको संसद बैठकमा व्यंग्य गरेका हुन्।

प्रकाशित: Feb 18, 2020| 15:10 मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।