आइतबार, चैत १, २०८२

अफगानिस्तानमा न्यायाधीशको हत्या

अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा एक जना जिल्ला न्यायाधीशको तालिवानी लडाकू समूहले हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका छन् ।
 |  मंगलबार, फागुन ६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०७६

हेरात– अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा एक जना जिल्ला न्यायाधीशको तालिवानी लडाकू समूहले हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

National life

हेरातको इन्जिल जिल्लाका न्यायाधीश रहिम अजिमीलाई तालिबान लडाकूको एक समूहले सोमबार राति गोली हानी हत्या गरेका थिए । प्रान्तीय सरकारका प्रवक्ता जैलानी फरहादले तालिबानी लडाकू समूहले हिंसात्मक कारबाही स्थगित गर्ने घोषणा गरे पनि व्यक्ति हत्याको ज्यादती नरोकिएकामा चिन्ता व्यक्त गरेका छन्।

साप्ताहान्तमा कन्दहार प्रान्तको डन्ड जिल्लामा तालिबान समूहको आक्रमणमा दुई जना प्रहरी अधिकृतहरु मारिएका थिए । अफगानी स्वतन्त्र मानव अधिकार आयोगका अनुसार गत वर्ष सन् २०१९ मा मात्र दुई हजार ८०० भन्दा बढी सर्वसाधारणको हत्या हुनुका साथै ७ हजार ९५० जनाभन्दा बढी घाइते भएका छन् ।

रासस

प्रकाशित: Feb 18, 2020| 15:02 मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।