बिहीबार, भदौ ४, २०८३

अस्पताल दर्ता गर्न ४५ दिनको समयसीमा

बागमती प्रदेश सरकारले २०० शैय्यासम्मका अस्पताल ४५ दिनभित्र दर्ता गर्न सूचना जारी गरेको छ । प्र
 |  मंगलबार, फागुन ६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०७६

काठमाडौं– बागमती प्रदेश सरकारले २०० शैय्यासम्मका अस्पताल ४५ दिनभित्र दर्ता गर्न सूचना जारी गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले आज जारी गरेको सूचनामा प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ को दफा १३ को उपदफा १ बमोजिम अस्पताल दर्ता गर्न भनिएको छ।

आफ्नो क्षेत्रभित्र रहेका अस्पतालहरुलाई प्रदेश स्वास्थ्य नियमावली २०७६ को नियम ५ को उपनियम १ बमोजिम २०० शैय्यासम्मका निजी, सामुदायिक, गैरसरकारी अस्पतालहरुलाई ४५ दिनभित्र दर्ता गर्न निर्देशन दिइएको हो ।दर्ता नगरी सञ्चालन गरिएका अस्पताललाई नियमन गर्ने मन्त्रालयले जनाएको छ।

यस्तै बी, सी र डी वर्गका प्रयोगशालाको अनुमतिका लागि जिल्लास्थित स्वास्थ्य कार्यालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा प्रदान गर्ने संस्थाले अञ्चल जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा दर्ता गर्न निर्देशन दिइएको छ।

 

प्रकाशित: Feb 18, 2020| 14:58 मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।