आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • वुहानका चिकित्सकलाई मास्क र सुरक्षित कपडा अभाव, अस्पतालका निर्देशकको मृत्यु

वुहानका चिकित्सकलाई मास्क र सुरक्षित कपडा अभाव, अस्पतालका निर्देशकको मृत्यु

कोरोना जीवाणुको महामारीको केन्द्रका रुपमा रहेको वुहानस्थित अस्पतालका निर्देशकको मङ्गलबार मृत्यु भएको छ ।
 |  मंगलबार, फागुन ६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०७६

बेइजिङ– कोरोना जीवाणुको महामारीको केन्द्रका रुपमा रहेको वुहानस्थित अस्पतालका निर्देशकको मङ्गलबार मृत्यु भएको छ ।

National life

गत वर्षको अन्त्यतिर वुहानमा उत्पत्ति भएको ठानिएको कोभिड–१९ जीवाणुका कारण चीनमा मात्र एक हजार ९०० को मृत्यु भइसकेको छ भने ७२ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।

चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले मृत्यु हुने चिकित्सक उहानस्थित उचाङ अस्पतालका निर्देशक लिउ झिमिङ रहेको जनाएको छ । उनलाई बचाउन भरमग्दूर प्रयास गरिए पनि नसकिएको अस्पतालको भनाइ छ ।
उनी कोरोना जीवाणुका कारण मृत्यु हुने पहिलो उच्च पदाधिकारी एवं चिकित्सक हुन्। यही प्राणघातक जीवाणुका कारण उहानमा कम्तीमा छ जना स्वास्थ्यकर्मीको ज्यान गइसकेको छ भने एक हजार ७१६ जना सङ्क्रमित भएका छन् ।

यसअघि कोरोना जीवाणुका बारेमा पहिलो जानकारी दिने उहानकै नेत्ररोग विशेषज्ञ डा ली वेनलियाङको मृत्यु भएको थियो ।

वुहानका चिकित्सकहरूले मास्क र शरीरमा लगाउने विशेष सुरक्षा कपडाको अभाव झेलिरहेको बताइन्छ ।
रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 18, 2020| 14:19 मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।