जनकपुर : बाराको पचरौता नगरपालिकामा भएको भिन्नाभिन्नै मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु भएको छ।
पचरौता नगरपालिका–८ स्थित लंंगडाचोकमा ना२३प २७४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो।
मृत्यु हुनेमा मोटरसाइकल चालक २४ वर्षीय विजय यादव र ५५ वर्षीय रामेश्वर यादव छन्।
यस्तै पचरौता नगरपालिका–९ मा लु२१प ६९६३ नम्बरको मोटरसाइकल पल्टिएर दुर्घटना हुँदा चालक ३५ वर्षीय मन्जय ठाकुरको मृत्यु भएको छ।
दुवै दुर्घटना तीव्र गतिका कारण भएको बाराका डीएसपी गौतम मिश्रले बताए।