काठमाडौं– राष्ट्रिय सभाको बैठक प्रधानमन्त्री केपी ओलीको सम्बोधनबिनै सकिएको छ। आफू नेतृत्वको सरकारको दुई वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने बताइए पनि आजको बैठक पर्सी बिहीबारसम्मका लागि स्थगित भएको हो।
आज बिहान राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले नेपाल समयसँग कुरा गर्दै आज दिउँसो बस्ने राष्ट्रिय सभा बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने बताएका थिए। यसअघि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा आफू नेतृत्वको सरकारले दुई वर्ष पूरा गरेको अवसरमा सम्बोधन गरेका थिए।