बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • क्वारेन्टाइनमा रहेका नेपालीको नियमित स्वास्थ्य परीक्षण, १७ दिनपछि घर जान पाउने

क्वारेन्टाइनमा रहेका नेपालीको नियमित स्वास्थ्य परीक्षण, १७ दिनपछि घर जान पाउने

चीनको वुहानबाट उद्धार गरिएका नेपालीहरुको क्वारेन्टाइन अवधिभर नियमित स्वास्थ्य परीक्षण हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 |  मंगलबार, फागुन ६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०७६

काठमाडौं– चीनको वुहानबाट उद्धार गरिएका नेपालीहरुको क्वारेन्टाइन अवधिभर नियमित स्वास्थ्य परीक्षण हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘क्वारेनटाइनको सम्पूर्ण अवधिभर नियमित स्वास्थ्य जाँच, शंकास्पद लक्षण देखा देखिएमा प्रयोगशाला परीक्षणको व्यवस्था तथा अस्पतालमा आइसोलेसनमा राखेर उपचार गर्ने गरी सम्पूर्ण व्यवस्था मिलाइएको छ ।’

क्वारेन्टाइनमा रहेका विद्यार्थीको अहिलेसम्म स्वास्थ्य अवस्था ठिक रहेको चिकित्सकहरुले बताएका छन् । क्वारेनटाइनमा राखिएका १ सय ७५ जनाको आइतबार खकार परीक्षणको लागि प्रयोगशालामा पठाइएको छ भने रिपोर्ट भोलि (बुधबार) आउने जनाइएको छ ।

साथै क्वारेनटाइनको चौधौं दिनमा पनि उनीहरुको खकार परीक्षण गरिनेछ । त्यसको रिपोर्ट आउन तीन दिन लाग्ने भएकोले क्वारेन्टाइनको अवधि १७ दिन पुग्ने भएको छ ।

नेपाल सरकारले शनिबार राति चीनको वुहानबाट १ सय ७५ जना नेपालीहरुलाई नेपाल एयरलाइन्सको विमानबाट उद्धार गरेको थियो ।

प्रकाशित: Feb 18, 2020| 12:38 मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।