बुटवल– पूर्वसांसद एवं नेपाली कांग्रेस गुल्मीका संस्थापक सभापति भागवत ज्ञवालीको मंगलबार निधन भएको छ।
उनको काठमाडौंस्थित अल्का अस्पतालमा उपचारका क्रममा ७७ वर्षको उमेरमा आज बिहान ३ बजे निधन भएको हो।
ज्ञवाली २०४८ मा नेपाली कांग्रेसबाट सांसदमा निर्वाचित भएका थिए।
ज्ञवालीको निधनप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै ज्ञवालीको निधनप्रति दुःख व्यक्त गरे।
‘उहाँको निधनबाट पार्टीले एक निष्ठावान नेतृत्व गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको छ। उहाँको निधनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो दुःख व्यक्त गर्छु,’ विज्ञप्तिमा भनिएको छ।
ज्ञवालीको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ।