काठमाडौं- ललितपुरकी एक युवतीको अस्ट्रेलियामा मृत्यु भएको छ।
दुई वर्षअघि मात्रै अस्ट्रेलिया गएकी महालक्ष्मी नगरपालिका सानागाउँकी रमिला महर्जनको ब्रेन ट्युमरका कारण मृत्यु भएको हो ।
उनलाई केहि समयअघि ब्रेन ट्युमर देखिएको थियो । उपचारकै क्रममा उनको सोमबार मृत्यु भएको परिवारले जनाएको छ । श्रीमान सञ्जय महर्जन पनि उनी सँगै थिए।
रमिलाको सोमबार (हिजो) नै अस्ट्रेलिया दाहसंस्कार गरिएको छ । रमिला नेपालमा बीबीएस सकेर उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया गएकी थिइन्।