शनिबार, साउन १६, २०८३

शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि ११ अर्ब ऋण स्वीकृत गर्ने सरकारको निर्णय

अन्तर्राष्ट्रिय सहयोग नियोगबाट प्राप्त हुने यो रकम विद्यालय शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लाागि खर्च गरिने सरकारका प्रवक्तासमेत रहेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

काठमाडौं- सरकारले ११ अर्बभन्दा बढी सहयोग रकम स्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। 

अन्तर्राष्ट्रिय सहयोग नियोगबाट प्राप्त हुने यो रकम विद्यालय शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लाागि खर्च गरिने सरकारका प्रवक्तासमेत रहेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। 

'अन्तर्राष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालन गर्न प्राप्त हुने ५० मिलियन अर्थात् करिब ५ अर्ब ५४ करोड बराबरको सहायत स्वीकार गर्ने निर्णय भएको छ,' प्रवक्ता कार्कीले भने। यस्तो सहयोग सहुलियतपूर्ण ब्याजमा ऋण अनुदान हुने उनको भनाइ छ।

यस्तै स्वास्थ्य क्षेत्र सुधारका लागि पनि थप ५० मिलियन अर्थात् करिब ५ अर्ब ५४ करोड रुपैयाँसमेत सहुलियतपूर्ण ऋण अनुदान स्वीकृत गर्ने निर्णयसमेत भएको प्रवक्ता कार्कीको भनाइ छ। 

प्रकाशित: Sep 06, 2021| 18:33 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्