बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मौसम खराबीले आन्तरिक उडानमा ढिलाइ, विमानस्थलमै रोकिए यात्रु

मौसम खराबीले आन्तरिक उडानमा ढिलाइ, विमानस्थलमै रोकिए यात्रु

मौसम खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानमा ढिलाई भएको छ।
 |  मंगलबार, फागुन ६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०७६

काठमाडौं– मौसम खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानमा ढिलाई भएको छ।

विमानस्थलकी डोमेस्टिक कक्षमा कार्यरत एक कर्मचारीले पर्याप्त भिजिबिलिटी नहुँदा बिहानका प्रायःजसो आन्तरिक उडान डिले भएको जानकारी दिइन्। ती कर्मचारीका अनुसार बिहान दुई उडान मात्रै भएका छन्।

उडान हुन नसक्दा गन्तव्यमा हिँडेका यात्रु विमानस्थलमै रोकिएका छन्।

‘मौसम खुल्नेबित्तिकै उडान हुन्छ,’ ती कर्मचारीले भनिन्।

विमानस्थलबाट देशका विभिन्न ठाउँमा दैनिक एक सय १८ उडान हुने गरेका छन्।

अन्तर्राष्ट्रिय उडान–अवतरण भने सुचारु भइरहेको ती कर्मचारीले बताएकी छन्। ‘अन्तर्राष्ट्रिय उडान भर्ने विमानलाई कम भिजिबिलिटी भए पनि पुग्छ,’ उनले भनिन्।

राजधानीमा लागेको तुवाँलोको कारण पर्याप्त भिजिबिलिटी नभएको बताइएको छ।

पश्चिमी वायुका कारण केही दिनयता राजधानीसँगै देशका विभिन्न स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। तुवाँलोको शुक्रबारसम्म रहने विभागको भनाइ छ।

प्रकाशित: Feb 18, 2020| 10:14 मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।