बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भोलिदेखि तीन दिन लगातार वर्षाको सम्भावना, शनिबारबाट तुवाँलो हट्ने

भोलिदेखि तीन दिन लगातार वर्षाको सम्भावना, शनिबारबाट तुवाँलो हट्ने

आज काठमाडौं उपत्यकाका धेरैजसो ठाउँमा दिनभर नै तुवाँलो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 |  मंगलबार, फागुन ६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०७६

काठमाडौं- पश्चिमी वायुको प्रभाव कारण भोलि (बुधबार)बाट देशका पहाडी भूभागमा वर्षा हुने भएको छ ।

नेपालको माथिल्लो वायुमण्डलमा पश्चिमी वायु तथा पूर्वी भेगमा न्यून चापीय प्रणालीको असर देखिएकाले बुधबार, बिहीबार र शुक्रबार विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् गंगा नगरकोटीका अनुसार बुधबार देशका पहाडी क्षेत्रमा मात्रै वर्षा हुनेछ भने बिहीबार र शुक्रबार तराईका भूमागमा पनि वर्षा हुने सम्भावना रहेको छ। धेरैजसो ठाउँमा हल्का मात्रै वर्षा हुनेछ ।

काठमाडौं उपत्यकामा पनि तीन दिननै हल्का वर्षाको सम्भावना रहेको उनले जानकारी दिइन् । उनका अनुसार वर्षासँगै उपत्यकासहित देशका विभिन्न ठाउँको आकाशमा देखिएको तुवालो हट्ने छ । शनिबारबाट आकाश सफा हुने उनले बताइन् ।

यस्तै आज काठमाडौं उपत्यकाका धेरैजसो ठाउँमा दिनभर नै तुवाँलो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सामान्यतया तल्लो तहमा तातो हावा र माथितिर हावामा चिसोको मात्रा बढ्दै जानुपर्नेमा त्यसको उल्टो सतहमा चिसो र माथितिर तातो हावा रहेको कारण तुवाँलो रहेको मौसमविद् नगरकोटीले बताइन्।

प्रकाशित: Feb 18, 2020| 09:46 मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।