आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • चीनमा ७८ करोड नागरिकलाई यात्रामा प्रतिबन्ध, तीन हजार स्वास्थ्यकर्मीमा कोभिड–१९ संक्रमण

चीनमा ७८ करोड नागरिकलाई यात्रामा प्रतिबन्ध, तीन हजार स्वास्थ्यकर्मीमा कोभिड–१९ संक्रमण

कोभिड–१९ भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १८७३ पुगेको छ।
 |  मंगलबार, फागुन ६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०७६

काठमाडौं–कोभिड–१९ भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १८७३ पुगेको छ।

National life

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार सोमबार चीनमा ९८ जनाको  ज्यान गएको छ। तीमध्ये ९३ जना वुहान प्रान्तका छन्, जुन कोभिड–१९ को उद्गमस्थल हो।

डिसेम्बर अन्त्यमा देखा परेको यो भाइरस संक्रमणबाट चीनमा अहिलेसम्म मर्नेको संख्या १८६८ पुगको अधिकारीहरूले बताएका छन्।

हङकङ, जापान, ताइवान, फिलिपिन्स र फ्रान्समा एक एक जनाको मृत्यु भएको छ।

चीनमा अहिलेसम्म ७२ हजारभन्दा बढीमा भाइरस संक्रमण भएको छ। चिनियाँ अधिकारीहरूका अनुसार १२,५५२ बिरामी उपचारपछि फर्किएका छन्।

Laxmi sunrise bank
kumari

स्वास्थ्य आयोगका अनुसार सोमबारसम्म उपचारमा संलग्न झन्डै ३ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ संक्रमण देखा परेको छ।

चीनमा झन्डै आधा जनसंख्या अर्थात् ७८ करोड मानिसलाई यात्रा गर्न प्रतिबन्ध लगाइएको छ। चीनको जनसंख्या झन्डै डेढ अर्ब छ।

नागरिकमाथि यात्रामा प्रतिबन्ध लगाइएपछि मुलुकको आर्थिक क्षेत्रमा समेत नकारात्मक असर परेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

 

प्रकाशित: Feb 18, 2020| 09:30 मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।