बिहीबार, भदौ ४, २०८३

पाँच हजार घुस लिने सव इञ्जिनीयर अख्तियारको फन्दामा

घुससहित सव इञ्जिनीयर पक्राउ परेका छन् । भोजपुरकाे ...
 |  मंगलबार, फागुन ६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०७६

भोजपुर- घुससहित सव इञ्जिनीयर पक्राउ परेका छन् ।

भोजपुरकाे आमचोक गाउँपालिकामा कार्यरत करारका असिस्टेन्ट सवइञ्जिनीयर विष्णुकुमार राईलाई सेवाग्राहीबाट पाँच हजार घुस लिँदै गर्दा सोमबार अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।

राईले गाउँपालिकामा सञ्चालनमा रहेको हायुखोला खानेपानी आयोजनाको बिल फरफारक गरिदिने भन्दै घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले जनाएको छ ।

राईलाई घुस लिँदै गर्दा सोही गाउँपालिकाको वडा नं ७ देवान्टारको हर्दिला भन्ने ठाउँबाट नियन्त्रण लिएर अनुसन्धान थालेको हो ।

त्यस्तै गत माघ महिनामा भूकम्प पीडितसँग अन्तिम किस्ताको रकम लिन आवश्यक कागजात मिलाइदिन्छु भन्दै घुस लिँदै गर्दा रङ्गेहात पक्राउ परेका भोजपुर नगरपालिकामा कार्यरत सवइञ्जिनीयर प्रकाश तिवारीविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ ।

तिवारी सेवाग्राहीसँग छ हजार घुस लिँदै गर्दा रङ्गेहात पक्राउ परेका थिए । तिवारीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुने ठहर भएकाले मुद्दा दायर गरिएको जनाइएको छ । रासस

प्रकाशित: Feb 18, 2020| 08:28 मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।