बिहीबार, वैशाख ३१, २०८३

बेलायती सांसदलाई भारत प्रवेशमा रोक

भारतले बेलायती सांसद डेबी अब्राहमलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाटै दुबई फिर्ता गरिदिएको छ ।
 |  सोमबार, फागुन ५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ५, २०७६

नयाँदिल्ली– भारतले बेलायती सांसद डेबी अब्राहमलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाटै दुबई फिर्ता गरिदिएको छ ।

National life

उनी बेलायतको लेबर पार्टीका तर्फबाट सांसद हुन्। उनले कश्मीरबाट धारा ३७० हटाएको विरोध गर्दै आएकी थिइन्। अब्राहमले त्यति बेला भारत सरकार र तत्कालीन बेलायती विदेशमन्त्रीलाई पत्र लेखेरै कडा विरोध गरेकी थिइन् ।

उनी भारतलाई कश्मीरबारे दबाब दिन बनाइएको ‘कश्मीर फर अल पार्टी पार्लियामेन्टरी ग्रुप’ की अध्यक्ष पनि हुन्।

अब्राहम सोमबार दुबईबाट नयाँदिल्ली आइपुगेकी थिइन् । विमानस्थलमा अधिकारीले उनको राहदानी हेरेपछि उनलाई दुबई फिर्ता गरिदिएका हुन् ।
भारतीय गृह मन्त्रालयले भने अब्राहमको ई–भिसा रद्द गरेको स्पष्ट पारेको छ ।

भिसा रद्द भएको जानकारी हुँदाहुँदै पनि भारत प्रवेश गर्न खोज्नु अब्राहमको गल्ती भएको भारतीय अधिकारीले बताएका छन्। अब्राहमले आफूलाई डिपोर्ट गरिएको जानकारी गराएकी छन् ।

‘अब्राहमले ट्वीटरमा लेखेकी छन्, ‘सबैका लागि न्याय र मानवअधिकारका लागि म राजनीतिमा प्रवेश गरेकी हुँ। म आफ्नै सरकार र अन्यसँग यी मुद्दालाई लिएर निरन्तर चुनौती दिनेछु ।’

प्रकाशित: Feb 17, 2020| 23:51 सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।