बिहीबार, भदौ ४, २०८३

संसद् भवनका लागि बाटो खुल्यो महराको

बलात्कार प्रयासको मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर पुनः संसद् भवन छिर्ने भएका छन्।
 |  सोमबार, फागुन ५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ५, २०७६

काठमाडौं– बलात्कार प्रयासको मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर पुनः संसद् भवन छिर्ने भएका छन्।

संसद् सचिवालमा कार्यरत रोशनी शाहीले बलात्कार प्रयास गरेको आरोपमा मुद्दा दायर गर्दा सभामुख पद गुमे पनि महराको सांसद पद भने यथावत् नै छ।

‘आफूमाथि लागेको अभियोगमा जिल्ला अदालतबाट सफाइ पाएपछि महराको सांसद पद यथावत् नै रहन्छ,’ संविधानविद् डा. भीमार्जुन आचार्यले भने, ‘आजबाट उहाँ पुरानै अवस्थामा फर्किनुभयो।’

यद्यपि, महराको मुद्दामा सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन भने गर्नुपर्नेछ । उच्च अदालत पाटनका श्रेस्तेदार बाबुराम दाहालका अनुसार सरकारवादी मुद्दामा सरकारी पक्षले मुद्दा हारेमा अनिवार्य रुपमा एक तहको पुनरावेदन गर्नुपर्ने कानुनी व्यवस्था छ।

फैसला हेरेर सय दिनभित्र पुनरावेदन गर्नुपर्ने व्यवस्था छ। काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका सहायक जिल्ला न्यायाधिवक्ता बिनिता कपालीले फैसलामा उल्लेख भएका प्रमाण हेरेर मुद्दा पुनरावेदनको बारेमा बैठकले निर्णय गर्ने जानकारी दिइन्।

बलात्कार प्रयासको आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए। सरकारी वकिल कार्यालयले उनीविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसूरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय माग गरेको थियो।

तत्कालीन जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्ला अदालतको आदेशविरुद्ध महराले उच्च अदालतमा निवेदन दिएका थिए। उच्च अदालतले पनि पनि थुनामा राखेरै अनुसन्धान गर्न दिएको आदेशलाई नै सदर गरेको थियो।

आज (सोमबार) भने काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलेको इजलाशले प्रमाण नुुपग्ने भन्दै महरालाई सफाइ दिएको छ।

प्रकाशित: Feb 17, 2020| 15:31 सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।