एजेन्सी- धेरैजसो महामारी अफ्रिकाबाट फैलिने गरेको पाइन्छ। तर यसपटक संसारका २९ देशमा फैलिइसकेको कोरोना भाइरस (कोभिड–१९) किन अफ्रिकी देशमा पुग्न सकेन?
जबकि अफ्रिकी देशहरुसँग चीनको सम्बन्ध राम्रो छ। झण्डै २० लाख चिनियाँ अफ्रिकाका विभिन्न देशमा छन्।
चीनमा कोभिड–१९ को महामारी रोकिने कुनै छाँटकाँट देखिएको छैन। विश्व स्वास्थ्य संगठन डब्लुएचओले आगामी दिनमा संक्रमण अझै फैलिन सक्ने आशंका व्यक्त गरेको छ।
अहिलेसम्म जति पनि देशमा यो भाइरसको संक्रमण भेटिएको छ त्यसमा एउटा पनि अफ्रिकी देश छैन। केही दिनअघि इजिप्टमा एक व्यक्तिमा कोभिड–१९ को आशंका गरिए पनि पुष्टि भएको छैन।
चीनको वुहानमा यो भाइरस फैलिनुअघि चीन र अफ्रिकी देशबीच दैनिक ८ वटा जहाजले उडान भर्ने गरेका थिए।
अफ्रिकी एजेन्सीहरुका अनुसार सबैभन्दा ठूलो इथिइयोपियन एयरलाइन्सबाट सबैभन्दा धेरै चिनियाँ यात्रु ओहोरदोहोर गर्ने गरेका थिए।
लाखौँ मानिस आवतजावत गर्ने यी देशमा किन फैलिन सकेको छैन कोभिड–१९?
पहिलो कारण
केन्याका एक शोधकर्ता भन्छन्, ‘अफ्रिकामा कोभिड–१९ फैलिईसकेको हुन सक्छ। तर संक्रमितहरुको परीक्षण राम्रोसँग हुन नसक्दा अहिलेसम्म पत्ता लाग्न सकेको छैन।
तर इन्डियन एक्सप्रेसको एउटा रिर्पोटअनुसार विश्व स्वास्थ्य संगठनले अफ्रिकी देशहरुको अवस्था फेरिइसकेको बताएको छ। एक दर्जनभन्दा धेरै अफ्रिकी देशका उच्च अधिकारीले गत हप्ता सेनेगलमा बैठक गरेका थिए। उनीहरु अहिले यस भाइरसका परीक्षण गर्न सक्छन्। अब १९ अब अफ्रिकी देश कोरोना परीक्षणका लागि सक्षम छन्।
दोस्रो कारण
अफ्रिकाका सबै प्रमुख देशका विमानस्थल र बन्दरगाहमा स्कृनिङको सुविधा राखिएको छ।
गत हप्ता सियरा लियोनमा ३० भन्दा बढी चिनियाँ नागरिक पुगेका थिए। उनीहरु सबैलाई फ्रिटाउनमा क्वारेन्टाईनमा राखिएको छ।
त्यहाँका स्वास्थ्य सुरक्षा निर्देशक डा.मोहम्मद एलेक्स वेन्डीकाअनुसार चीनबाट आउने जुनसुकै व्यक्तिलाई पहिले क्वारेन्टाईनमा राखिने छ, यदि उसको पासपोर्टअनुसार विगत १४ दिनयता चीनबाट आएको हो भने।
तेस्रो कारण
अफ्रिकामा कोभिड–१९ भाइरस फैलिनका लागि अनुकुल वातावरणको तुलनामा निकै गर्मी छ। अहिलेसम्मको अध्ययनअनुसार विशेषज्ञहरु भन्छन्, ३०–३५ डिग्रीभन्दा बढी तापक्रममा कोभिड–१९ जिवित रहन सक्दैन।
कयौँ अन्य फ्लु वा भाइरस जस्तै कोभिड–१९ पनि चिसोमा धेरै सक्रिय हुन्छ र संक्रमण फैलिन्छ।