बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपत्यकाका यी क्षेत्रमा हुँदै छ भूमिगत विद्युत तार विस्तार

उपत्यकाका यी क्षेत्रमा हुँदै छ भूमिगत विद्युत तार विस्तार

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार एक समारोह बीच विद्युत वितरण प्रणालीलाई भूमिगत गरी सुदृढीकरण गर्ने कार्यक्रमको उद्घाटन गरेका छन्।
 |  सोमबार, फागुन ५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ५, २०७६

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार एक समारोह बीच विद्युत वितरण प्रणालीलाई भूमिगत गरी सुदृढीकरण गर्ने कार्यक्रमको उद्घाटन गरेका छन्।

पहिलो चरणमा काठमाडौं जिल्लाको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा विद्युत वितरण प्रणालीलाई भूमिगत गरिने प्राधिकरणले जानकारी दिएको छ।

उक्त कार्यका लागि निर्माण व्यवसायी केईआई इन्डस्ट्रिजसँग मार्च २०१९ मा ठेक्का सम्झौता भएको थियो। यसको अक्टोबर २०२१ सम्ममा कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ। एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण र नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा संचालित यस आयोजनाको कूल ठेक्का सम्झौता रकम ७ अर्ब रहेको छ।

महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरु बालुवाटार, बुढानिलकण्ठ, टोखा, गोंगबू, महाराजगञ्ज, आदि स्थानहरुमा करिब २५० किलोमीटर ११००० भोल्टेजको भूमिगत लाइन तथा करिब ४०० किलोमिटर ४०० भोल्टेजको भूमिगत लाइन निर्माणको साथै करिब २५० किलोमिटर अप्टिकल फाइबर भूमिगत बि्छ्याइनेछ।

त्यसैगरी रत्नपार्क वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरु रत्नपार्क, न्यूरोड, अनामनगर, ठमेल, त्रिपुरेश्वर, सिंहदरबार, लाजिम्पाट, एयरपोर्ट, चावहिल जोरपाटी आदि स्थानहरुमा करिब २०० किलोमिटर ११००० भोल्टेजको भूमिगत लाइन तथा करिब ४०० किलोमीटर ४०० भोल्टेजको भूमिगत लाइन निर्माणको साथै करिब २०० किलोमिटर अप्टिकल फाइबर भूमिगत बिछ्याइनेछ।

दोस्राे चरण न्तर्गत काठमाडौंका बाँकी भाग, ललितपुर र भक्तपुरका मुख्यमुख्य सडकमा तार भूमिगत गर्नका लागि बाेलपत्रको विभिन्न चरणमा रहेको छ। साथै पोखरा, भरतपुरलगायतका देशका मुख्यमुख्य शहरहरुमासमेत भूमिगत तार विछ्याउनको लागि सर्भेक्षण कार्य थालनी गरिएको छ।

आगामी दिनमा काठमाडौं भित्र हालको वितरण प्रणालीले बढ्दो विद्युत मागलाई धान्न नसक्ने र थप ओभरहेड लाईनहरु वनाउन सक्ने अवस्था पनि नरहेको हुँदा भूमिगत वितरण लाईन वाहेक काठमाडौंको विद्युत माग धान्न सक्ने अर्को विकल्प नरहेको प्राधिकरणले जनाएको छ।

भूमिगत कार्य गर्दा सडकमा न्यूनतम क्षति हुने गरी परम्परागत तरिकाबाट सडक नखनी सम्भव भएसम्म Horizontal Directional Drilling प्रविधि प्रयोग गरिने प्राधिकरणले बताएको छ।

विधुतीय तारसंगै अप्टिकल फाइबर बिछ्याइने हुँदा इन्टरनेट, दूरसञ्चार, केबल टेलिभिजन सेवा प्रदायकहरुले उक्त अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्ने तथा यसले नेपाल सरकारको डिजीटल नेपालको अवधारणालाई साकार पार्न मद्दत पुग्ने विश्वास पनि प्राधिकरणले लिएको छ।

प्रकाशित: Feb 17, 2020| 13:54 सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।