आइतबार, असार ८, २०८२

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनको मृत्यु

काठमाडौं, पाँचथर र रुपन्देहीको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
 |  सोमबार, फागुन ५, २०७६
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ५, २०७६

vianetvianet

काठमाडौं– काठमाडौं, पाँचथर र रुपन्देहीको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

काठमाडौं, नागार्जुन नगरपालिका– ६ स्वयम्भु हाईट गुम्बास्थित सडकमा बा ६५ प ६०१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक तनहुँ भानु नगरपालिका घर भई हाल बुढानिलकण्ठ बस्ने ३० वर्षीय प्रदिप गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो ।

उता पाँचथरको कुम्मायक गाउँपालिका ३ जयराम घाटस्थित सडकमा आइतबार दिउँसो लु ३ त ४९६२ नम्बरको ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ५५ वर्षीय आश बहादुर लिम्बु ट्याक्टरबाट खस्न गई मृत्यु भएको छ । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका लिम्बुको जिल्ला अस्पताल हुँदै थप उपचारको लागि झापातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्ते रुपन्देहीको तिलोत्तमा नगरपालिका(५ नयाँमिलस्थित सडकमा लु १ च ३८२६ नम्बरको बलेरो गाडी आइतबार दिउँसो अनियन्त्रित भई लु १९ प ५३७३ नम्बरको मोटरसाइकलाई ठक्कर दिएर दुर्घटना हुँदा बलेरो चालक दाङ राप्ती गाउँपालिका ५ पहरुवा बस्ने २५ वर्षीय आस कुमार चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित: Feb 17, 2020| 12:57 सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।