बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आरआर क्यम्पसमा नेविसंघ र अखिल कार्यकर्ताबीच झडप, तीनजना घाइते

आरआर क्यम्पसमा नेविसंघ र अखिल कार्यकर्ताबीच झडप, तीनजना घाइते

प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु र प्रतिपक्षी नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताबीच आज झडप भएको छ।
 |  सोमबार, फागुन ५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ५, २०७६

काठमाडौं। प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु र प्रतिपक्षी नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताबीच आज झडप भएको छ।

झडपमा नेपाल विद्यार्थी संघका तीनजना कार्यकर्ता घाइते भएका छन्। घाइते हुनेमा आविश्कार पौडेल, कुशल बस्नेत र सुमन खड्का रहेका छन्। उनीहरुको मोडेल अस्पतालमा उपचार भइरहेको छ ।

नेपाल विद्यार्थी संघका महामन्त्री दिपक भट्टराईका अनुसार कक्षाकोठामा पढ्नका लागि गइरहेका नेपाल विद्यार्थी संघका कार्यकर्तामाथि आक्रमण भएको हो। झडप भएपछि प्रहरीले नेपाल विद्यार्थी संघका केही कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुष्कर बाँस्तोला, सन्जीब ढकाल, रामजी बस्नेत, उमेश गुरुङ र विकु खड्का रहेका छन् ।

पक्राउ परेका विद्यार्थीलाई नेपाल पुलिस क्लबमा राखिएको छ। नेपाल विद्यार्थी संघका महामन्त्री भट्टराईले विज्ञप्तिमार्फत् घटनाको भर्त्सना गरेका छन् । महामन्त्री भट्टराईले पक्राउ परेका विद्यार्थीको तत्काल रिहाईको माग गर्दै घटनाको निष्पक्ष छानविनको माग गरेका छन् ।

सत्ताको आडमा प्रहरी प्रशासनले नेपाल विद्यार्थी संघका कार्यकर्तामाथि भएको आक्रमणको निष्पक्ष छानविन भएर दोषिमाथि कारवाही नभएर देशव्यापी आन्दोलन गर्ने भट्टराईले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

प्रकाशित: Feb 17, 2020| 12:36 सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।