बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतले मिचेको सीमा अनुगमन गर्न गएका रक्षामन्त्री १५ किलाेमिटर वरैबाट फर्के

भारतले मिचेको सीमा अनुगमन गर्न गएका रक्षामन्त्री १५ किलाेमिटर वरैबाट फर्के

भारतले मिचेको भनिएको नेपाली भूमि कालापानी क्षेत्रको अनुगमन गर्न गएको टोली सीमा क्षेत्र नै नपुगी फर्केको छ।
 |  सोमबार, फागुन ५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ५, २०७६

काठमाडौं– भारतले मिचेको भनिएको नेपाली भूमि कालापानी क्षेत्रको अनुगमन गर्न गएको टोली सीमा क्षेत्र नै नपुगी फर्केको छ। उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल नेतृत्वको टोली कालापानीभन्दा करिब १५ किलोमिटर वर रहेको छाम्रुङबाट फर्किएको हो।

मौसमको खराबीका कारण वरैबाट फर्किनुपरेको टोलीका सदस्य एवं सुदूरपश्चिम प्रदेश सांसद गेल्बु बोहराले नेपाल समयलाई जानकारी दिए।

नेपाली सेनाको हेलिकोप्टरबाट सीमा क्षेत्रको अनुगमन गर्ने तयारी भएको थियो, जसका लागि आज बिहान टोली त्यसतर्फ गएको थियो।

तर, मौसमको खराबीका कारण अनुगमन गर्ने भनिएको क्षेत्रमा हेलिकोप्टर ल्याण्ड हुन सक्ने स्थिति नभएर आफूहरु वरैबाट फर्केको बोहराले बताए।

विशिष्ट व्यक्तिहरुले सीमा क्षेत्रको अनुगमन गर्दा दुवै देशका सुरक्षाकर्मीबीच समन्वय हुनुपर्ने मान्यता छ। तर, उक्त अनुगमनका क्रममा भारतीय पक्षसँग छलफल भए–नभएको विषयमा आफूलाई जानकारी नभएको बोहराले बताए।

सीमा अनुगमन गर्न गएको टोलीमा उपप्रधान तथा रक्षा मन्त्री पोखरेल, सुदूरपश्चिम प्रदेशकी उपसभामुख निर्मला बडाल जोशी, प्रतिनिधिसभा सदस्य गणेश ठगुन्ना, प्रदेश सांसद मानबहादुर थामी, गेल्बु बोहरा र नेपाली सेनाका अधिकारीहरु थिए।

प्रकाशित: Feb 17, 2020| 12:20 सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।