काठमाडौं– विकास निर्माणको ठेक्का अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनसहित सात निर्माण कम्पनी कालोसूचीमा परेका छन्।
कार्यालयले सोमबार सार्वजनिक सूचना प्रकाशित गर्दै पप्पु कन्स्ट्रक्सनसहित ७ ठेकेदारलाई कालोसूचीमा राखेको हो।
पप्पु कन्स्ट्रक्सन ३ वर्षसम्म कालोसूचीमा रहनेछ भने अन्य कम्पनी १ वर्षसम्म कालोसूचीमा रहने बताइएको छ। यी सबै कम्पनीले निर्माण क्षेत्रमा बदमानी कमाएका छन्।
कालोसूचीमा पर्ने अन्य ठेकेदार कम्पनीमा पप्पु अशोक न्यासुरको निसा सप्लायर्स, दामोदर दुलालको श्रीदेव सप्लायर्स, विष्णुकुमार कडरियाको सूर्योदय निर्माण एन्ड हाउजिङ कम्पनी प्रालि, बारा कन्स्ट्रक्सन र हरिबहादुर खत्रीको एचबीकेसी निर्माण सेवा छन्।
पप्पु कन्स्ट्रक्सनका मालिक पूर्वसांसद हरिनारायण रौनियार हुन्। पप्पुलाई काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको सिफारिसमा कालो सूचीमा राखिएको हो।
